पिपुल च्वाइस अवार्ड टेबलटेनिसकी नमिता श्रेष्ठलाई

काठमाडौं,साउन ६ । पिपुल च्वाइस अवार्ड टेबलटेनिसकी नमिता श्रेष्ठले जितेकी छन् । नमिताले खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड समारोहमा क्रिकेटर सन्दिप लामिछाने, फुटबलर नवगुय श्रेष्ठ, भारतोलनकी तारादेवी पुनलाई पछि पार्दै अवार्डजितेकी हुन् । एसएमएस भोट र फेसबुक भोटका आधारमा पिपुल च्वाइस अवार्डको विजेता चयन गरिएको थियो । उनले १ लाख ५० हजार बढी भोट पाइन् ।

भलिबलकी प्रतिभा माली दोस्रो स्थानमा रहिन् । उनले १ लाख १६ हजार ९५६ मत पाइन् भने नवयुग श्रेष्ठ १३ हजार ७५ मतका साथ तेस्रो स्थानमा रहे ।

Share your thoughts: