नोभाक जोकोभिक अष्ट्रेलियन ओपनबाट बाहिरिए

काठमाडौं । विश्व नम्बर दुई तथा साबिकको बिजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएका छन् । बिहिबार भएको खेलमा विश्व बरियतामा ११७ औ स्थानमा रहेका उज्बेकिस्तानका डेनिस इस्टोमिनसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि दाबेदार विश्व नम्बर दुई समेत रहेका सर्बियन जोकोभिकलाई डेनिस इस्टोमिनले अप्रत्यासित रुपमा पराजित गरेका हुन् । मेलबर्नमा भएको खेलमा ३० बर्शिये डेनिस इस्टोमिनले जोकोभिकलाई ७ – ६ (१० – ८) ५ – ७, २ – ६, ७ – ६ (७ – ५) र ६ – ४ ले पराजित गरे  ।  इस्टोमिनले जोकोभिकलाई पराजित गर्न ४ घण्टा ४८ मिनेटको समय खर्चिएका थिए । 

२९ बर्षिय जोकोभिक सन् २००८ पछि कुनैपनि ग्राण्डस्लाम टेनिसको दोस्रो चरणबाट पहिलोपटक बाहिरिएका हुन् । यसअघि जोकोभिक सन् २००८ मा विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएका थिए ।

Share your thoughts: