विश्व नम्बर एक एन्डी मर्रे अष्ट्रेलियन ओपनबाट बाहिरिए

काठमाडौं,माघ ९ । विश्व नम्बर एक एन्डी मर्रे अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । आईतबार चौथौ चरणको खेलमा जर्मनीकाे मिशा जेबरेभसँग पराजित हुँदै मुर्रे प्रतियाेगिताबाट बाहिरिएका हुन ।

शीर्ष बरियताका बेलायती मर्रे वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको चौथो चरणबाट बाहिरिने क्रममा ५० औं बरियताका जेबरेभसँग पराजित भए । मेलबर्नपार्कमा भएको खेलमा २९ वर्षिय मर्रे जेबरेभसँग ७ -५, ५-७,६-२ र ६-४ ले पराजित भए ।

रियो ओलम्पिकमा स्वर्ण बिजेता मर्रेले पराजित गरेसँगै अब क्वाटरफाईनलमा जर्मनीका मिशा जेबरेभले पुर्व बिजेता राेजर फेडेरर वा जापानिज केई निशिकाेरीको सामना गर्नेछ । मर्रे सन २००९ पछि पहिलाेपटक तल्लो बरियताका खेलाडीसँग पराजित भएकाे हो ।

Share your thoughts: