अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

काठमाडौं,माघ १० । बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । सोमबार बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान बनाएकी हुन् । नवौं बरियताकी कोन्टो ३० औं बरियताकी काकारोवालाई ६–१ र ६–४ को सोझो सेटमा हराएकी हुन् । क्वाटरफाइनलमा कोन्टाले अब विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्ने छिन् । सेरेना चेक गणतन्त्रकी कार्बोरा स्ट्राईकोवालाई ७–५ र ६–४ को सेटमा हराएर अन्तिम ८ मा पुगेकी छन् ।

Share your thoughts: