रावोनिकलाई पराजित गर्दै राफेल नाडाल सेमिफाइनलमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा क्यानाडाका मिलोस रावोनिकलाई पराजित गर्दै नाडालले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएका हुन् ।

मेलबर्न पार्कको कोर्टमा भएको खेलमा ३० वर्षीय नाडालले तेस्रो बरियता प्राप्त रावोनिकलाई ६–४ ७–६ (९ – ७ ) र ६ – ४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । १४ पटकको ग्रान्डस्लाम विजेता नाडाल सन् २०१४ पछि पहिलो पटक ग्रान्डस्लाम टेनिसको सेमिफाइनलमा स्थान पक्का गरेका  हुन् ।

अब फाइनल प्रवेशका लागि नवांै बरियताका नाडालले १५ औं बरियताका बुल्गेरियाका ग्रिगोर दिमित्रोभको सामना गर्नेछन् । यस्तै पुरुषतर्फकै अर्को सेमिफाइनलमा स्विस रोजर फेडेररले आफ्नै देशका स्टान वारिन्काको सामना गर्नेछन् ।

Share your thoughts: