अष्ट्रेलियन ओपन उपाधि भिडन्त: महिलातर्फ दिदीबहिनी,पुरुषतर्फ नाडाल र फेडेरर

काठमाडौं, माघ १४ । पूर्वविश्व नम्बर एक खेलाडीहरु रोजर फेडेरर र रफाइल नदाल अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा आफ्नै राष्ट्रका स्टानिस्लास वावरिन्कालाई पराजित गर्दै स्वीस खेलाडी फेडेरर तथा बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई हराउँदै स्पेनिस खेलाडी नदाल फाइनलमा पुगेका हुन् ।

शुक्रबार नदालले खेल ६–३, ५–७, ७–६, ६–७ र ६–४ ले जिते । आइतबार हुने फाइनल भिडन्त भने निकै रोमान्चक हुने अनुमान गरिएको छ । पछिल्लो समय घाइते भइ दुबै खेलाडीहरु कोर्टमा उपस्थित भएका थिएनन् । फेडेररले १७ तथा नदालले १४ ग्रान्डस्लाम टेनिस जितेका छन् ।

महिलामा दिदी–बहिनीको भिडन्त

महिला एकलको उपाधिका लागि अमेरिकन दिदी–बहिनीहरु भेनस र सेरेना विलियम्स शनिबार भिड्दैछन् ।


Share your thoughts: