राफेल नाडाल मायामी ओपन टेनिसको फाइनलमा

एजेन्सी -राफेल नाडाल मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सातौं बरियताका नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका हुन् । १४ वटा ग्राण्डसलाम उपाधि जितेका स्पेनिस नाडालले उपाधिका लागि रोजर फेडेरर र निक किरिओसबिचको सेमिफाइनलको विजेतासँग खेल्नेछन् । फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए । त्यो उनको १८ औं ग्राण्डसलाम उपाधि थियो । 

Share your thoughts: