साबिकको विजेता जोकोभिक बाहिरिए, मर्रे र नाडाल सेमिफाइनलमा

काठमाडौं । साबिकको विजेता सर्बियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्राण्डस्लाम टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् ।  बुधबार राति भएको खेलमा अष्ट्रियाका डोमिनिक थिमसँग ३ – ० को सोझो सेटमा पराजित हुदै जिकोभिक प्रतियोगिताबाट बाहिरिएका हुन् । पेरिसस्थित रोलान्ड गार्रोस कोर्टमा भएको खेलमा १२ पटकको ग्राण्डस्लाम बिजेता जोकोभिक डोमिनिक थिमसँग ७ – ६, ६ – ३ र ६ – ० को सेटमा पराजित भए । जोकोभिकलाई पराजित गरेसँगै थिमले अब फाइनल प्रवेशको लागि स्पेनिस राफायल नाडालसँग खेल्ने छन् । नाडालले स्पेनकै कारिनो बुस्ताबाट वाकोभर पाए । वाकोभर पाउनुअघि नाडालले पहिलो सेट ६ – २ ले जितेको थियो भने दोस्रो सेटमा २ – ० को अग्रता बनाएको थियो ।

यस्तै पुरुष एकलतर्फ बिश्व नम्बर एक बेलायती एन्डी मर्रे फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा जापानिज खेलाडी केइ निसिकोरीलाई ३ – १ को सेटमा पराजित गर्दै मर्रे सेमिफाइनलमा पुगेका हुन् ।

पेरिसस्थित रोलान्ड गार्रोस कोर्टमा मर्रेले मर्रेले निसीकोरीमाथि २ – ६, ६ – १, ७ – ६(७ – ०) र ६ – १ को सेटमा जित निकाल्यो । अब मर्रेले फाइनल प्रवेशको लागि स्वीस खेलाडी स्टान वारिन्कासँग खेल्ने छन् । क्वाटरफाइनलमा वारिन्काले मारिन क्लिचलाई ६ – ३, ६ – ३ र ६ – १ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । महिलातर्फ रोमानियाकी सिमोन हालेप र चेक रिपब्लिककी कारोलिना प्लिसकोभा ले सेमिफाइनलमा स्थान बनाएका छिन् ।

Share your thoughts: