महिलातर्फ:विम्बल्डन टेनिसको उपाधिका लागि भेनस र मुगुरुजा भिड्ने
काठमाडौं । विम्बल्डन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधिका लागि अमेरिकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्विन मुगुरुजा भिड्ने भएका छन् । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको उपाधि भिडन्त शनिबार हुने छ ।
लन्डनमा बिहिबार भएको सेमिफाइनलमा भेनसले बेलायती योहाना कोन्टा र मुगुरुजाले स्लोभाकियाकी माग्डालिना रिबारिकोभालाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । पहिलो सेमिफाईनलमा १४ औं बरियाताकी मुगुरुजाले रिबारिकोभामाथि २–० को जित निकालेकी हुन् । २३ बर्षिया मुगुरुजाले रिबारिकोभालाई ६–१ र ६–१ को सेटमा पराजित गरिन् ।
लण्डनस्थित सेन्टर कोर्टमा भएको दोस्रो सेमिफाइनलमा छैठौं वरियाताकी बेलायती योहाना कोन्टालाई पराजित गर्दै भेनसले फाइनलमा स्थान पक्का गरिन् । १० औं वरियाताकी ३७ बर्षिया भेनसले कोन्टालाई ६–४ र ६–२ को सेटमा पाखा लगाईन् ।
Share your thoughts: