विम्बल्डन टेनिसको उपाधि स्पेनकी मुगुरुजालाई

काठमाडौं - स्पेनकी गार्विन मुगुरुजाले लण्डनमा जारी विम्बल्डन टेनिसको महिला एकल तर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा दशौ वरियताकी अमेरिकी खेलाडी भेनस विलियम्सलाई २ – ० को सेटमा पराजित गर्दै मुगुरुजाले उपाधि जितेकी हुन् ।   लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनलमा १४ औं वरियाताकी मुगुरुजाले ३७ बर्षिया भेनसमाथी पहिलो सेटमा ७–५ र दोस्रो सेट ६–० ले जित्दै वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको उपाधि हात पारिन् ।

२३ बर्षिय मुगुरुजाको यो पहिलो विम्बल्डन टेनिसको उपाधि हो । यस्तै उनको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । पहिलो ग्राण्डस्लाम उपाधिको रुपमा मुगुरुजाले गत बर्ष फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रतियोगिताको सेमिफाइनलमा मुगुरुजाले स्लोभाकियाकी माग्डालिना रिबारिकोभालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् भने भेनसले बेलायती योहाना कोन्टालाई पराजित गरेकी थिइन्  ।   विम्बल्डन अन्तर्गत पुरुष एकल तर्फको उपाधिका लागि भने तेस्रो वरियाताका स्विस रोजर फेडेरर र छैठौं वरियाताका क्रोएसियन मारिन शिलीचबीच प्रतिस्पर्धा हुनेछ ।  पुरुषतर्फको फाइनल आइतबार हुने छ ।

Share your thoughts: