युएस ओपन टेनिस: नाडाल दोस्रो चरणमा

काठमाडौं,भदौं १४ । विश्व नम्बर १ राफायल नाडाल युएस ओपन टेनिसको देस्रो चरण पुगेका छन् ।  पुरुष एकल तर्फ स्पेनी खेलाडी नाडालले पहिलो चरणमा सर्वियाका दुसन लाजोभिकलाई ७–६, ६–२ र ६–२ को सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन् । 

त्यस्तै महिला एकलतर्फ शिर्ष वरियताकी कारोलिन प्लिस्कोभा पनि दोस्रो चरण पुगेकी छिन् । चेक रिपब्लिकनकी प्लिस्कोभाले पोल्याण्डकी माग्दा लिनेटेलाई ६–२ र ६–१ को सेटमा हराइन् । डिफेन्डिङ च्याम्पियन एन्जेलिक कर्बर भने पहिलो चरणबाटै बाहिरिएकी छिन् । छैठौँ वरियताकी जर्मन कर्बर जापानकी नाओमी ओसाकासँग् पराजित भइन् । ओसाकाले उनलाई ६–३ र ६–१ को सोझो सेटमा हराइन् । 


माओवादी केन्द्रको सबैभन्दा माथिल्लो निकाय पार्टी केन्द्रीय कार्यालयको आइतबारको बैठकले केन्द्रीय कार्यालय नै भंग गरेर सचिवालयमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। कार्यालय टिम ३३ सदस्यीय रहेको थियो। 


कार्यालय भंग गर्दै माओवादीले सचिवालयाई पार्टीको कार्यकारी सबैभन्दा माथिल्लो अंग मान्ने निर्णय गरेको छ। सचिवालय ९९ सदस्यीय रहेकोमा नौ जना थप हुन बाँकी छ। पार्टीमा ९९ सदस्यीय सचिवालयलाई नै आयोजक समिति बनाएर जान सकिने विषयसमेत चर्चामा छ। सचिवालय सदस्य मणि थापा भने अहिलेको ९९ सदस्यीयभित्र रहेका नेताहरू पनि आयेजक समितिमा नरहन सक्ने भन्दै सचिवालयलाई जस्ताको तस्तै रूपान्तरण गर्न नहुने बताउँछन्।

राजधानी दैनिकमा समाचार छ । 

Share your thoughts: