युएस ओपन: विश्व नम्बर एक नाडाल चौथो चरणमा

काठमाडौं । विश्व नम्बर एक स्पेनिस खेलाडी राफायल नाडाल युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको तेस्रो चरणको खेलमा अर्जे्न्टिनाका लियोनार्डो मेयरलाई पराजित गर्दै  नाडालले चौथो चरणमा स्थान बनाएका हुन् ।

अमेरिकाको न्युयोर्कमा भएको खेलमा नाडालले ५९ औं बरियताका मेयरसँग पहिलो सेटमा पराजित भएपनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेका हुन् । ३१ बर्षिय नाडाल पहिलो सेटमा मेयरसंग  ७ – ६ (३ – ७) ले पराजित भएका थिए । तर, त्यसपछिका सेट  ६ – ३, ६ – १ र ६ – ४ ले जित्दै नाडालले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

दुई पटकको युएस ओपन च्याम्पियन नाडालले अब अन्तिम १६ मा युक्रेनका एलेक्जेन्डर डोल्गोपोल्भोसँग खेल्ने छन् । यस्तै महिलातर्फ शिर्ष बरियताकी कार्लोना प्लास्कोभाले पनि बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपनको चौथो चरणमा स्थान बनाएकी छिन् । प्लास्कोभाले चिनिया खेलाडी झाँग शुईलाई ३ – ६, ७ – ५  र ६ – ४ को सेटमा पराजित गरिन् ।

Share your thoughts: