सारापोभा युएस ओपन टेनिसबाट बाहिरिइन्

काठमाडौं । रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको चौथो चरणबाट बाहिरिएकी छिन् । निलम्बनबाट फुकुवा हुँदै टेनिस कोर्ट फर्किएकी सारापोभा आइतबार भएको तेस्रो चरणमा लात्भियाकी अनास्टासिजा सेभास्तोभसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

करिब १५ महिनापछि पहिलो ग्राण्डस्लामको रूपमा युएस ओपन खेलेकी सारापोभालाई १७ औं बरियताकी सेभास्तोभले ५–७, ६–४ र ६–२ को सेटले पराजित गरिन । सारापोभामाथिको जितपछि सेभास्तोभले युएस ओपनको क्वाटरफाइनलमा स्थान पक्का गरेकी छिन् ।

शत्तिवद्र्धक औषधि प्रयोग (डोपिङ) मा असफल भएपछि ५ पटकको ग्राण्डस्लाम विजेता सारापोभालाई टेनिस फेडेरेसनले निलम्बन गरेको थियो । हाल १४६ औं वरियताकी सारापोभाले सन् २००६ मा युएस ओपनको उपाधि जितेकी थिइन् । सारापोभाले सन् २०१६ मा अष्ट्रेलियन ओपन खेलेकी थिइन् । युएस ओपन अन्तर्गत नै अमेरिकन भेनस विलियम्स पनि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । नवौ बरियताकी भेनसले स्पेनिस कार्लो स्वारेज नाभारोलाई ६ –३, ३ – ६ र ६ – १  पराजित गरिन ।

Share your thoughts: