फेडेरर र प्लिसकोभा युएस ओपनको क्वाटरफाइनलमा

काठमाडौं । स्वीस टेनिस स्टार रोजर फेडेरर र चेक रिपब्लिककी कारोलिना प्लिसकोभा अमेरिकामा जारी युएस ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा मंगलबार बिहान भएको खेलमा तेस्रो बरियताका फेडेररले जर्मन खेलाडी फिलिप कोल्स्च्रेबरलाई ६ – ४, ६ – २ र ७ – ५ ले  पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । पाँच पटकको युएस ओपन च्याम्पियन फेडेररले अब क्वाटरफाइनलमा अर्जेन्टिनाका जुलियन मार्टिन डेल पोट्रोको सामना गर्ने छन् ।

यस्तै महिलातर्फको शिर्ष बरियताकी कारोलिना प्लिसकोभाले अमेरिकन खेलाडी जेनिफर ब्रैडीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।  बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपनको क्वाटरफाइनलमा पुग्ने क्रममा प्लिसकोभाले जेनिफरलाई ६– १ र ६ – ० को सेटमा पराजित गरिन् । अब क्वाटरफाइनलमा प्लिसकोभाले २० औं बरियताकी अमेरिकी खेलाडी कोको भेन्डेवेघेको सामना गर्ने छिन् ।

Share your thoughts: