युएस ओपन टेनिस: महिला एकल तर्फको उपाधि स्लोअन स्टीफन्सलाई

एजेन्सी । अमेरिकी स्लोअन स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् । ८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै म्याडिसन किजलाई हराएर उपाधि जितेकी हुन् । स्टीफन्सले १५ औं बरियताकी किजलाई ६–३ र ६–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । २४ वर्षिया स्टीफन्स युएस ओपनको नयाँ विजेता बनेकी छन् । 

Share your thoughts: