यूएस ओपन टेनिसको उपाधि राफेल नाडाललाई

काठमाडौं, भदौ २६ । राफेल नाडालले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै नाडालले तेस्रो यूएस ओपन तथा १६ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

३१ वर्षीय स्पेनिस नाडालले एन्डरसनमाथि ६–३, ६–३ र ६–४ को सेटमा जित निकालेका हुन् । नाडालले २०१३ पछि पहिलोपटक एकैवर्ष दुई ग्राण्डस्लामको उपाधि उचालेका हुन् । उनले गत जुनमा फ्रान्स ओपनको उपाधि पनि जितेका थिए । ‘यो वर्ष जे भयो, त्यो अविश्वसनीय छ’ नाडालले भनेका छन् ।

Share your thoughts: