उत्कृष्ट खेलाडि प्रतिभाले जितिन स्कुटर

काठमाडौं,माघ  २०-  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडीका साथै फाइनल खेलको वुुमन अफ द म्याच पनि चुनिन । उनले यामाहा कम्पनीको स्कुटर प्राप्त गरिन् । 

त्यस्तै विधागत रुपमा उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकरमा एपीएफकै नेविका चौधरी र उत्कृष्ट सेटर एपीएफकै बिनिता बुढाथोकी घोषित भइन भने न्यु डायमन्डका कृपा अधिकारी उत्कृष्ट सर्भर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स चुनिए । विधागत उत्कृष्ट खेलाडीले नगद ५-५ हजार प्राप्त गरे ।

Share your thoughts: