कुमार राईलाई उत्कृष्ट कोचको उपाधि,वुमन अफ द म्याच मञ्जु गुरुङ

काठमाडौं,माघ २० । न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल एवंम् प्रशिक्षक कुमार राईले उत्कृष्ट कोचको उपाधि जितेका छन् । स्कुलका साना–साना नानिहरुको हातमा किताव सगै भलिबल समाउन सिकाउने राईले महिला भलिबलकै पावर–हाउस एपीएफको टिमलाई पराजित गदै पटक–पटक उपाधि जिताएका छन् । पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडि सशस्त्र प्रहरी महानिरीक्षक दोर्जकुमार राईले कुमार यु आर रियल हिरो, सोलुट भन्दै बधाई दिएका थिए ।

न्यु डायमन्डले जित्यो २ लाख पचास हजार

प्रतियोगिताको विजेता न्यु डायमन्ड एकेडेमीले २ लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता एपीएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त ग¥यो । विहीबार नै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको पश्चिमाञ्चल भलिबल टोलीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पुलिसविरुद्ध पश्चिमाञ्चलले २५–२१, २५–२१ र २५–१७ को नतिजा निकाल्यो । तेस्रो स्थानका लागि भएको खेलको वुमन अफ द म्याच पश्चिमाञ्चलकी मञ्जु गुरुङ भएकी थिइन् ।

Share your thoughts: