सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल :न्यु डायमन्ड र आर्मी सेमिफाइनलमा

पोखरा,माघ २५ । काठमाडौ नैकापको न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चल यहाँ जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हालै एपिएफ महिला भलिबलको उपाधि जितेको न्यु डायमण्डले मंगलबार युपिए भारतलाई २५–६, २५–६ र २५–१०को सोझोमा हराउँदै समूह बी को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

न्यु डायमण्डले अब सेमिफाइनलमा पश्चिमाञ्चल संग प्रतिस्पर्धा गर्नेछ । पश्चिमाञ्चलले मंगलबार भएको अन्तिम लिग खेलमा त्रिभुवन आर्मी क्लबलाई २५–१६, २६–१६ र २५–१८ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

पुरुषतर्फ समूह ए बाट पुलिस क्लब र पश्चिमाञ्चल सेमिफाइनल पुगेका छन् । मंगलबार भारतको युपी भलिबल संघले अन्तिम अवस्थामा विशेष कारण देखाई प्रतियोगितामा उपस्थित हुन असमर्थ जनाएपछि एक खेल अगावै नेपाल पुलिस र पश्चिमाञ्चल सेमिफाइनलमा पुगेका हुन् । यस अघि पुलिसले पश्चिमाञ्चललाई पराजित गरिसकेको छ । त्यसैले पुलिस आफ्नो समूहको विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

यस्तै पुरुषकै समूह बि बाट सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । मंगलबार भएको खेलमा अधिकांश भारत हरियाणाका खेलाडीहरु रहेको क्लब लिग च्याम्पियन हेल्प नेपालले आर्मीलाई पराजित गरेता पनि अंक बाँडनु परेका कारण प्रतियोगिताबाट बाहिरिन पुग्यो । हेल्प नेपालले आर्मीलाई ३–२ ले पराजित ग¥यो । निर्णायक सेटमा विजयी भएका कारण हेल्प नेपाले २ अंक मात्र प्राप्त ग¥यो भने आर्मीले १ अंक प्राप्त ग¥यो । यस अघि आर्मीले एपिएफलाई पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो । कुलमा ४ अंकका साथ आर्मी प्रथम स्थानका साथ सेमिफाइनल पुगेको हो ।

समूह उपविजेता बन्दै एपिएफ पनि अन्तिम चारमा पुगेको छ । एपिएफले हेल्प नेपाललाई पराजित गरि ३ अंक प्राप्त गरेको थियो । हेल्प नेपालले आर्मीलाई २२–२५, २५–१५, २५–२७, २५–१३ र १५–१३ ले पराजित गरेका हो । सेमिफाइनलमा आर्मी र पश्चिमाञ्चल तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । यसैबीच, सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सनराईज क्लब, हङ्गकङ्गले १० हजार रुपैयाँ प्रदान गरेको छ ।  अध्यक्ष नविन थापा मगर र उपाध्यक्ष गंगा बहादुर गुरुङ्गले रकम कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गलाई मंगलबार हस्तान्तरण गरे । कास्की जिल्ला खेलकुद विकास समिति प्रतियोगिताको संयुक्त आयोजक हो ।

Share your thoughts: