सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबलको पुरुषतर्फ आर्मी च्याम्पियन

पोखरा,माघ २९ – त्रिभुवन आर्मी क्लब सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाईलाई ३–१ ले हराएको थियो । आर्मीले फाइनल २५–२१,२१–२५,२७–२५ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । झन्डै डेढ महिनाको बीचमा आर्मीको यो तेस्रो उपाधि हो । जगदिश भट्टको प्रशिक्षणमा रहेको आर्मीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते आर्मीले केही साता अघि प्रधानसेनापती कपको उपाधि उचालेको थियो ।

विजेता आर्मीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो भएको पुलिसले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ । शुक्रबार एपिएफलाई हराउँदै पश्चिमाञ्चले पुरुषतर्फ तेस्रो स्थान प्राप्त गरेको थियो । तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको थियो । महिलातर्फको फाइनलमा न्यू डाइमन्ड र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

Share your thoughts: