सृजना आमन्त्रण भलिबल: महिला उपाधि एपिएफलाई

पोखरा,माघ २९ । नेपाल एपिएफ क्लबले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपिएफले न्यु डाइमन्डलाई ३–१ ले हराउँदै एपिएफले उपाधि जितेको हो ।

यो जितसँगै एपिएफले आफ्नै आयोजनामा भएको एपिएफ आइजिपी कपको हारको बदला लिएको छ । त्यति बेला फाइनलमा एपिएफ न्यु डाइमन्डसँग पराजित भएको थियो । एपिएफले शनिबारको फाइनल २५–१८,२५–१४,१७–२५ र २५–१५ ले हराएको थियो ।

शनिबार हारपछि न्यु डाइमन्ड बर्षको चौथो उपाधि जित्नबाट बञ्चित रह्यो । यसअघि न्यु डाइमन्डले लामाचौर भलिबल प्रतियोगिता, क्लब च्याम्पियनसिप र एपिएफ भलिबल प्रतियोगिता जितेको थियो । विजेता एपिएफले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो भएको न्यु डाइमन्डले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ । शुक्रबार पुलिसलाई हराउँदै हराउँदै पश्चिमाञ्चले पुरुषतर्फ तेस्रो स्थान प्राप्त गरेको थियो । तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको थियो । शनिबार नै पुरुषतर्फ पुलिसलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।

Share your thoughts: