प्रथम दिदिवहिनी कप महिला राष्ट्रिय भलिबलको उपाधि न्यु डायमण्डलाई

कुश्मा,फागुन २९ - न्यु डायमण्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिताको  उपाधि जितेको छ  । आइतबार भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दि शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा निरास पार्दै न्युडायमण्डले उपाधिमाथी कब्जा जमाएको हो । 

उपाधि भिडन्तमा विभागिय टोली एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो बनाउदै न्यु डायमण्डमाथी दबाब सिर्जना ग¥यो । तथापी न्यु डायमण्डले बलियो प्रदर्शन गर्दै एपीएफको चुनौती सहज  परस्त गर्ने क्रममा लगातार तीन सेट आफ्नो बनायो । न्युडायमण्डले दोस्रो २५–२२,तेस्रो २५–२० र चौथो सेटमा २५–२० ले जित हात पारेको थियो । 

न्युडायमण्डले साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगले प्रायोजन गरेको प्रथम पुरस्कार एक लाख नगद  र ट्रफि हात पा¥यो । उपविजेतामा सिमित भएको एपीएफले ६० हजार नगद र ट्रफि हात पा¥यो । दोस्रोको नगद पुरस्कार नेपाल सामान ढुवानी ब्यवसायी संघले प्रायोजन गरेको थियो । 

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबमाथी ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले आर्मीलाई २५–१७,२६–२४ र २५–१९ ले हरायो । तेस्रो भएको पुलिसले नगद ३० हजार रुपैया र ट्रफि हात पा¥यो । तेस्रो नगद पुरस्कार पर्वत क्लब हङकङले प्रायोजन गरेको छ । 

प्रतियोगितामा न्यु डायमण्डकी प्रतिभा माली सर्बोत्कृष्ट खेलाडी चुनिइन । प्रतिभाले नगद पाँच हजार र ट्रफि जितिन् । विधागत उत्कृष्टमा न्यु डायमण्डकै ललिता नाथले बेस्ट क्विइकर,एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर,एपीएफकै रेश्मा भण्डारी बेस्ट सर्भर,पुलिसकी कोपीला उप्रेति बेस्ट ब्लकर,पुलिसकै कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भइन् ।विधागत उत्कष्ट सबैले नगद तीन हजार पुरस्कार र ट्रफि जिते । न्यु डायमण्डका प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । 

प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदि वहिनीकी अध्यक्ष एवम् सांसद कल्पना चापागाई,नेपाल तरुणदलका केन्द्रिय सदस्य विद्वान गुरुङ,नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङ,पश्चिमाञ्चाल क्षेत्रिय भलिबल संघका कोषाध्यक्ष हरि बहादुर श्रेष्ठ , प्रथम पुरस्कार प्रायोजक साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगका म्यानेजर पुस्कर केसी र प्रतियोगिता संयोजक अरुण श्रेष्ठले पुरस्कृत गरे । 

Share your thoughts: