पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं । माल्दिभ्सको मालेमा जारी सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३ – ० को सोझो सेटमा पराजित भएको हो ।मालेस्थित सोसियल सेन्टर कोर्टमा भएको खेलमा इम राना मगरको कप्तानीमा रहेको नेपाल तुर्कमेनिस्तानसँग पहिलो सेटमा २५ – २०, दोस्रो सेट २५ – १८ र तेस्रो सेटमा २५ – २२ ले पराजित भएको हो  ।  

अब नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने छ । त्यस्तै मंगलबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक माल्दिभ्स, तुर्कमेनिस्तान र किर्गिस्तानले सहभागिता जनाएको छ । 

Share your thoughts: