केएनपी राष्ट्रिय महिला भलिबलः एपीएफ र न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्ड एकेडेमी केएनपी  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश गर्यो । पहिलो खेलमा एपीएफले पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ को सोझो सेटमा हराँउदा दोस्रो खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ सोझो सेटमा स्तब्ध बनायो । समूह एमा रहेका पश्चिमाञ्चल मंगलवार आर्मीसँगको जितले तीन अंक सहित उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतियोगिताको अन्तिम लिग खेलमा न्युडायमण्डले जावलाखेललाई २५–७,२५–१० र २५–६ को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनायो । समूह बीमा रहेको पुलिसले जाउवाखेललाई २५–१,२५–१२ र २५–२० को सोझो सेटमा हराउदै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।   समूह एको बिजेता  एपीएफले समूह बीको उपबिजेता पुलिससग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छ । त्यस्तै समूह बीको बिजेता न्युडायमण्डले समूह एको उपबिजेता पश्चिमाञ्चलसग सेमिफाईनलमा खेल्ने छ ।

बहुराष्ट्रिय कम्पनी जापान कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)को मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । त्यस्तै उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

Share your thoughts: