उमेर समूहको भलिबल प्रतियोगितामा हुुने, खेलाडी सम्मानित

काठमाडौं,साउन १५ । यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितामा हुने  भएको छ । नेपाल विद्यालय भलिबलको कमिसनको आयोजनामा यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता आगामी कात्र्तिक १२ देखि १८ सम्म काठमाडौंमा हुन लागेको हो ।  शनिबार नक्सालस्थित होटल क्राउनप्लाजामा कार्यक्रमको आयोजना गर्दै कमिनसनले यू–१६ अन्तरविद्यालय छात्र तथा छात्रा भलिबल प्रतियोगितासमेत गर्ने जनाएको छ ।  

उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । नेपाल भलिबल संघको  समन्वयनमा कमिशनले यू–१९ बीच भलिबल प्रतियोगितामा पनि गर्ने जानकारी दिएको छ । त्यस्तै विद्यालय भलिबल कमिसनले भलिबल खेल विकासका लागी जुनियरस्तरका  खेलाडी उत्पादन गर्ने उद्देश्यले थप जिल्ला कमिटी विस्तार गर्ने जनाएको छ । उमेरसमुहको प्रतियोगिता लगत्तै कमिसनले यू–१८ र यू–१६ महिला तथा पुरुष  टिमको घोषण गर्ने कमिसनका अध्यक्ष रामबहादुर केसीले बताए । सो  उमेरसमूहको राष्ट्रिय टिमको प्रशिक्षणका लागी प्रशिक्षक ब्यवस्थापन गर्नेछ ।

उनीहरुले खेल स्तरसुधारका लागी यू–१६ र यू–१८ का अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलको आयोजनासमेत गर्ने संघका सचिव लोकेन्द्रबहादुर खड्काले जानकारी दिए ।  यसैबीच कमिसनले शनिवारनै  एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेको छ ।

कार्यक्रममा  कमिसनले इमबहादुर रानाको कप्तानीमा रहेको १२ सदस्यीय टोलीलाई सम्मान गरेको छ ।  प्रशिक्षकद्वय जगदिश भटृ र विरेन्द्रप्रसाद चौधरी तथा टिम म्यानेजर डम्बरबहादुर  नेपालीलाई सम्मानित भएका छन् । खेलाडी तथा प्रशिक्षकलाई भलिबल संघका अध्यक्ष  मनोरमनरञ्जन शर्मा,उपाध्यक्षद्वय निरोज मास्के र रन्जन खड्का,महासचिव  जितेन्द्रबहादुर चन्द,कमिशन अध्यक्ष रामबहादुर केसी र सचिव लोकेन्द्रबहादुर खड्कालगायतले सम्मान गरे ।  सम्मानित कुल १५ खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र समान ३ हजार नगद पुरस्कार  प्रदान गरिएको थियो ।

Share your thoughts: