पहिलो मैत्रीपूर्ण खेलमा नेपालको जित,बंगलादेश पराजित

काठमाडौं,भदौं १३ । नेपाली पुरुष भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । मंगलबार ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपालको राष्ट्रिय भलिबल टोली ३–१ ले विजयी भएको हो । नेपाली टोलीले पहिलो सेटमा पराजय व्यहोरे पनि त्यसपछि भने लगातार तीन सेट जित्न सफल भयो । नेपाल २५–२७, २५–१७, २५–१६ र २५–२३ ले विजयी भयो ।

तीन हप्ताको प्रशिक्षणको अवधिमा नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो । यसअघि, गत शनिबारमात्रै राजधानीमा डेनमार्कको ुएु डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले बंगलादेशसँग दुईओटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल बुधबार हुनेछ ।

यसअघि, दोस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा बंगलादेशले नेपाललाई हराएको थियो ।  नेपाल र बंगलादेशले पछिल्लो पटक दोस्रो एभीसी सेन्ट्रल जोन भलिबलमा आमने सामने भएका थिए । त्यो खेलमा नेपाल पराजित भएको थियो ।

Share your thoughts: